सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

लुम्बिनीको घातक बलिङ, ९७ रनमै रोकियो पोखरा

लुम्बिनीको घातक बलिङ, ९७ रनमै रोकियो पोखरा

पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितका लागि ९८ रनको झिनो लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा जम्मा ९७ रन मात्रै बनाउन सक्यो । 

पोखराका चमिका करुणारत्नेले २५, कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रन बनाए ।  अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखरालाई सस्तैमा समेट्न लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए । तिलक भण्डारीले दुई विकेट लिए । अभिषेक गाैतम, शेर मल्ल र रोहित पाैडेलले एक–एक विकेट लिए । 

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि