सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

विराटनगरले जनकपुरलाई दियो १ सय ७५ रनको लक्ष्य : रसेल, लोकेश र इमरानको अर्धशतक

विराटनगरले जनकपुरलाई दियो १ सय ७५ रनको लक्ष्य : रसेल, लोकेश र इमरानको अर्धशतक

नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १ सय ७५ रनको लक्ष्य दिएको छ । टीयू मैदानमा पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा तीन विकेट गुमाउँदै १ सय ७४ रन बनाएको हो । 

विराटनगरका लागि आन्द्रे रसेल, लोकेश बम र इमरान शेखले अर्धशतकीय पारी खेले । रसेल २९ बलमा ५२ रन बनाउँदै अविजित रहे । शेखले ४५ बलमा ५६ तथा बमले ४० बलमा ५० रन बनाए ।

बलिङतर्फ जनकपुरमा अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए । 

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि