सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

विराटनगर र चितवनको पहिलो इनिङमा विदेशी खेलाडीकै प्रभाव

विराटनगर र चितवनको पहिलो इनिङमा विदेशी खेलाडीकै प्रभाव

नेपाल प्रिमियर लीग (एनपएल) सिजन ३ अन्तर्गत विराटनगर किंग्स र चितवन राइनोजको खेलको पहिलो इनिङमा विदेशी खेलाडीकै वर्चस्व देखिएको छ । ब्याटिङ र बलिङमा विदेशी खेलाडीले नै प्रभाव पारेका हुन् । 

विराटनगरले फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्दा सबैभन्दा बढी रन प्रहार गर्नेमा इंग्ल्यान्डका खेलाडीको वर्चस्व रह्यो । डेभिड मिलानले ५० बलमा ७० रन बनाए । उनले पाँच छक्का र पाँच चौका प्रहार गरे । 

दोस्रो बढी रन पनि कप्तान रवि बोपाराले प्रहार गरे । उनले २६ बलमा नटआउट ३२ रन हाने । इंग्ल्यान्डकै डान मुस्लेले २२ बलमा नटआउट २९ रन प्रहार गरे ।

इंग्ल्याण्डका यी तीन प्रभावशाली खेलाडीको रन मद्दतमा चितवनले विराटगरलाई १५८ रनको लक्ष्य दिएको छ । चितवनले २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनायो । देव खनालको १२ रन नेपाली खेलाडीको उच्च रन बन्यो । 

बलिङतर्फ पनि विराटनगरबाट कुनै पनि नेपाली खेलाडीले विकेट लिन सकेनन् । वेस्ट इन्डिजका आन्द्रे रसेल, श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ अशलंकाले एक–एक विकेट लिए ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि