म्याग्दी, २६ कात्तिकः म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ ।
क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा मङ्गलबार श्रमदान गरी मोटरबाटोमा जमेको माटो, ढुङ्गा तथा झाडी हटाउनाका साथै आवश्यक मर्मतसम्भार गरिएको हो ।
बर्खायाममा अवरुद्ध सडक मर्मतमा ढिलाइ हँुदा स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको थियो । सरकारी निकायको मुख ताकेर बस्दा ढिलाइ भएपछि युवाहरुले सडक मर्मतका लागि अगुवाइ गरेका हुन् ।
अभियानमा ३० जना युवा सहभागी भएको क्लबका सचिव सुभास पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार तिहार मनाउन जन्मथलोमा भेला भएका युवीहरुले सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले सडक मर्मत गर्न श्रमदान गरेका हुन् ।
श्रमदान अभियानमा लक्ष्मीकुमार पुन, रेशम घर्ती मगर र रेकबहादुर पुनले ढुवानीका लागि ट्याक्टरको भाडा र खाजाका लागि आर्थिक सहयोग गर्नुभएको क्लबले जनाएको छ । खाजामा रु १० हजार ७९० खर्च भएको क्लबले जनाएको छ ।








प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।