सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

संस्कृति

साठी हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

साठी हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

बागमती, २६ कात्तिकः तिहार सकिएलगत्तै हेटौँडामा छठ पूजाका लागि तयारी तीव्र पारिएको छ ।

हेटौँडाको राप्ती नदी किनाराको दायाँतर्फ छठ पूजालाई लक्षित गरी सात फिटको पण्डालसहित ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी संरचना निर्माण गरिएको छठ पूजा समिति हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिनुभयो । हेटौँडामा पछिल्ला २० वर्षयता छठ पूजाप्रतिको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । छठ पूजालाई भव्य र सभ्य बनाउने लक्ष्यसहित प्रभावकारी सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयसहित सुरक्षासम्बद्ध सबै निकायसँग समन्वय भइरहेको संयोजक गुप्ताले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा तराईका जिल्लाहरूबाट विभिन्न सेवा, पेसा र व्यवसायका सन्दर्भमा हेटौँडामा बसाइँसराइ हुने क्रमसँगै छठ पूजाको रौनकता पनि थप बढ्दै गएको समाजसेवी एवं संस्कृत वेद विद्यालय हेटौँडाका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि