सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

विकास

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

गण्डकी, २३ कात्तिक : कास्कीको अन्नपूर्ण गाउँपालिका-१ घट्टेखोलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ ।

आइतबार खसेको पहिरो पन्छाएपछि सडक सुचारू गरिएपनि पुन: सोही स्थानमा आज अपरान्ह पहिरो खस्दा यातायात सेवा प्रभावित भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सोपकोटाले जानकारी दिनुभयो ।

"पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ", उहाँले भन्नुभयो, "केहीबेरमा एकतर्फी यातायात संचालनमा आउँछ, दुईतर्फी खुलाउन अझै समय लाग्ने देखिएको छ ।" सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।

स्थान

गण्डकी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि