नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिमले टस जितेको छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको हाे ।
वर्षाले प्रभावित खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भइरहेको हाे । वर्षाका कारण खेलमा ढिलाइ भएको थियाे । वर्षा रोकिएपछि अम्पायरले खेललाई ५–५ ओभरमा सीमित गर्ने निर्णय गरेका थिए ।
निर्णयअनुसार साँझ ७:२५ बजे टस र ७:४१ बजे खेल सुरु गर्ने तयारी थियो । तर, खेलको उक्त ढाँचाप्रति सुदूरपश्चिम रोयल्सले असहमति जनाएको थियाे ।
निर्धारित समयमा टस हुन नसकेपछि दुवै टोलीका कप्तान, म्याच रेफ्री र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काबीच छलफल गरेका थिए ।
लामो संवादपछि सुदूरपश्चिम खेल खेल्न तयार भएको हो ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।