पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितका लागि ९८ रनको झिनो लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा जम्मा ९७ रन मात्रै बनाउन सक्यो ।
पोखराका चमिका करुणारत्नेले २५, कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखरालाई सस्तैमा समेट्न लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए । तिलक भण्डारीले दुई विकेट लिए । अभिषेक गाैतम, शेर मल्ल र रोहित पाैडेलले एक–एक विकेट लिए ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।