विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछानेले खेलका क्रममा कठिन परिस्थितिका बाबजुद टोलीका लागि जिम्मेवारी पूरा गरेका खेलाडी लोकेश बमको प्रशंसा गरेका छन् ।
सन्दीपका अनुसार खेल चलिरहँदा लोकेशको एउटा विकेटकिपिङ प्याड च्यातिएपछि उनले केही ओभरसम्म प्याडबिनै विकेटकिपिङ गर्नुपरेको थियो ।
असहज अवस्था हुँदाहुँदै पनि लोकेशले कुनै हिचकिचाहट नगरी टोलीका लागि आवश्यक जिम्मेवारी पूरा गरेको भन्दै सन्दीपले उनको समर्पण र प्रतिबद्धताको प्रशंसा गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत सन्दीपले लोकेशको यो व्यवहारलाई वास्तविक टिम स्पिरिटको उदाहरणका रूपमा व्याख्या गरेका छन् ।
उनले लोकेशको टोलीप्रतिको समर्पण, प्रतिबद्धता र कठिन परिस्थितिमा पनि हार नमान्ने भावनाको प्रशंसा गर्दै उनलाई टोलीको अमूल्य सदस्यसमेत बताएका छन् ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।