सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अपराध

सर्लाही मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाही मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाही। सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत निर्मल तिमिल्सिनालाई नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम गरिदिने भन्दै एक सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए। घुस रकम लिएको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको जनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले घटनाको पुष्टि गर्दै पक्राउ परेका तिमिल्सिनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

स्थान

सर्लाही, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि