सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

अपराध

कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ

काठमाडौँ, २७ कात्तिकः कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् ।

गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट रु पाँच लाख ७८ हजार ५५५ र २६ वटा कौडा फेलापरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी उनीहरूविरुद्ध अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि