नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत मंगलबारको दाेस्राे खेलमा कर्णाली याक्सले पूर्वविजेता जनकपुर बाेल्ट्सलाई १३३ रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्तो पाएकाे कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएकाे हाे ।
कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रनकाे याेगदान गरे । उनले २९ बलमा चार छक्का प्रहार गरे ।
त्यस्तै पवन सर्राफले ३७ रनको योगदान दिए । उनले ३७ बलमा तीन छक्का प्रहार गरे । दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे ।
जनकपुर बोल्ट्सका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए ।
राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए भने मोइन अलीले पनि दुई विकेट हात पारे । ललित राजवंशीले एक विकेट लिए ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।