सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

इजरायली विपक्षी नेता सेनामा ‘अल्ट्रा–अर्थोडक्स’ समूहको भर्तिप्रति लचिलो

इजरायली विपक्षी नेता सेनामा ‘अल्ट्रा–अर्थोडक्स’ समूहको भर्तिप्रति लचिलो
Placeholder avatar

इजरायली विपक्षी खेमाका एक कट्टर नेताले शुक्रबार ‘अति–परम्परावादी यहूदीहरूलाई सैन्य सेवामा अनिवार्य गर्नुपर्ने आफ्नो दीर्घकालीन मागमा लचिलोपन देखाउनुभएको छ।

यसबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हटाउन सक्ने गठबन्धन बनाउन खोजिएको देखिन्छ ।

हालै सम्पन्न निर्वाचनमा नेतान्याहु र विपक्षी नेता गादी आइजेनकोट दुवैले एकल सरकार गठनका लागि आवश्यक बहुमत पाउन असफल भएका छन् ।

इजरायली समाज नेतान्याहुलाई लिएर अत्यधिक ध्रुवीकृत छ र तीन वर्षको युद्धले थकित भएको छ।

प्रधानमन्त्री नेतान्याहुको अति–दक्षिणपन्थी सरकारप्रति रिसले इजरायली–अरब समुदायले नेतान्याहुको विपक्षमा मत दिँदा आइजेनकोटको विपक्षी गठबन्धनलाई लाभ पुगेको छ । इजरायली–अरब समुदायले सिट सङ्ख्या बढाउन सफल भएको छ।

आइजेनकोटले इजरायली–अरबसँग मिलेर गठबन्धन बनाउन सक्नुहुन्थ्यो किनकि नेतान्याहुको अति–दक्षिणपन्थी सरकारप्रति रिसले उनीहरूको सिट सङ्ख्या बढेको छ ।

एक समय नेतान्याहुका सहयोगी विपक्षी साझेदार आभिग्दोर लिबरम्यान यसमा कडारूपमा असहमत हुनुहुन्छ । उहाँले अहिले नेतान्याहुको
तीव्र आलोचना गर्नुहुन्छ र प्यालेस्टिनीहरूप्रति उस्तै कट्टर दृष्टिकोण राख्नुहुन्छ ।

लिबरम्यानले शुक्रबार भन्नुभयो, “हामी इजरायली–अरबसँग गठबन्धनको विरोधबाट गठबन्धनका लागि पछि हट्ने छैनौँ, तर विपक्षीहरूले अल्ट्रा–अर्थोडक्स यहूदीहरूसँग वार्ता गर्नुपर्छ ।”

यसअघि उहाँ यस समुदायले सैन्य सेवा नगर्ने विषयमा वर्षौंदेखि चर्को आलोचना गर्दै आउनुभएको थियो । नेतान्याहुलाई हटाउने र नयाँ निर्वाचन नगर्ने लक्ष्य सबैभन्दा महत्त्वपूर्ण भएकाले सम्झौता गर्नुपर्ने समय आएको बताउँदै उहाँले भन्नुभयो, “सबै कुरा हात पार्ने प्रयासले केही पनि नपाउने जोखिम हुन्छ। यसमा भर्ती कानूनको बिषय पनि पर्छ।”

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “यो मलाई दुख्छ र धेरै अरूलाई पनि दुख्छ भन्ने थाहा छ। तर आज हामीले सामना गरिरहेका चुनौतीहरूलाई हेर्दा इजरायल राज्य र यहूदी जनताको राष्ट्रिय हित अन्य सबै विचारभन्दा माथि हुनुपर्छ।”

निर्वाचनमा लिबरम्यानको इज्राएल बेइतेनु पार्टीले सात सिट जितेको छ । उहाँ लामो समयदेखि धार्मिक विद्यार्थीलाई सैन्य सेवाबाट छुट दिने व्यवस्था अन्त्य गर्नुपर्ने माग गर्दै आउनुभएको थियो । उहाँले ‘सेवा छली गर्नेहरू’ माथि कडा कारबाही गर्ने अभियान पोस्टर पनि टाँगेका थिए र यस वर्षको एउटा कार्यक्रममा अल्ट्रा–अर्थोडक्स यहूदीहरूलाई ‘यहूदी विरोधी’ समेत भन्नुभएको थियो ।

नेतान्याहु आफू व्यक्तिगत रूपमा धर्मनिरपेक्ष भए पनि सरकार गठनका लागि भएका गठबन्धनमा दुई मुख्य अल्ट्रा–अर्थोडक्स दलमा निर्भर रहँदै आउनुभएको थियो ।

उहाँले छुटलाई कानूनमै सुरक्षित नगरेपछि ती दलहरूले सरकार छाडेका थिए, तर उहाँलाई हटाउने प्रयास भने गरेनन् ।

यसैबीच, युनाइटेड तोराह ज्यूडिज्मले बिहीबार राष्ट्रपति आइज्याक हर्जोगसँगको परामर्शमा नेतान्याहुलाई समर्थन गर्न अस्वीकार गरेको छ, तर आइजेनकोटलाई पनि समर्थन गरेको छैन । दुई अल्ट्रा–अर्थोडक्स दलसँग जम्मा १३ मत छ, जसले आइजेनकोटलाई संसदमा साँघुरो बहुमत दिलाउन सक्छ ।

हर्जोगले आइतबार सम्भवतः आइजेनकोटलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गर्नुहुने अपेक्षा गरिएको छ किनकि उहालाईँ बढी समर्थन मिल्ने स्थिति छ ।

अल्ट्रा–अर्थोडक्स यहूदीहरूलाई सैन्य सेवाबाट छुट दिइएको विषयले अन्य इजरायलीहरूमा व्यापक असन्तुष्टि पैदा गरेको छ । सन् २०२३ ७ अक्टोबरको हमास आक्रमणपछि भएका युद्धहरूमा आरक्षित सैनिकहरूले धेरै पटक सेवा गर्नुपरेको छ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि