काठमाडौँ, २६ कात्तिकः नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहनुभएका पूर्वमन्त्री टोपबहादुर रायमाझी रिहा हुनुभएको छ ।
ज्येष्ठ नागरिक छुट पाएर डिल्लीबजार कारागारबाट आज रायमाझी रहा हुुनुभएको कारागार प्रशासक विक्रमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
पैसठ्ठी वर्ष पूरा हुनुभएका रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार रिहा हुनुभएको हो । कारागार प्रशासनले रायमाझीलाई परिवारको जिम्मा लगाएको छ ।
सर्वोच्च अदालत यही कात्तिक १६ गते पूर्वमन्त्री रायमाझीलाई सो छुट सुविधा दिन कारागार प्रशासनलाई पत्राचार गरेको थियो ।








प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।