सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अपराध

वीरगञ्ज कारागारबाट कैदी फरार

वीरगञ्ज कारागारबाट कैदी फरार

वीरगन्ज (पर्सा), २६ कात्तिकः पर्सास्थित वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन् । कारागारको सुरक्षा घेरा तोड्दै पोखरिया नगरपालिका–सतबरियाका सुनील साह आज कारागार सरसफाइ गर्ने क्रममा फरार भएका हुन् ।

जबर्जस्ती करणी मुद्दाका कैदी साह फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी खोजीलाई तीव्र पारिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले राससलाई जानकारी दिनुभयो ।

वीरगञ्ज भारतसँगको खुला सीमा नजिकै रहेकाले फरार कैदी भारततर्फ भाग्नसक्ने आशङ्कामा सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा निगरानी र सुरक्षा जाँच कडा पारिएको छ ।

स्थान

मधेश प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि