सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

आर्थिक/बजार

तरकारी आयात घट्दा राजस्व सङ्कलन पनि घट्यो

तरकारी आयात घट्दा राजस्व सङ्कलन पनि घट्यो

भद्रपुर (झापा), २५ कात्तिकः काँकडभिट्टा नाकाबाट आयात हुने ताजा तरकारी तथा कृषि उपजबाट सङ्कलित राजस्व घटेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म उक्त वस्तुको आयातबाट सङ्लित राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २१ प्रतिशतले घटेको हो ।

भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्म ताजा तरकारी तथा कृषि उपजको आयातबाट रु छ करोड ५१ लाख चार हजार राजस्व सङ्लन भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा रु पाँच करोड १४ लाख नौ हजार मात्रै सङ्लन भएको छ ।

वस्तुगत रूपमा हेर्दा लसुन, मसुरो, आलु र केराउको आयातबाट सङ्कलित राजस्व घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म लसुनको आयातबाट रु दुई करोड ७८ लाख १७ हजार राजस्व सङ्कलन भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा रु दुई करोड २० लाख ८३ हजारमा सीमित भएको छ । त्यस्तै, मसुरोको आयातबाट सङ्कलित राजस्व रु एक करोड ३२ लाख ५७ हजारबाट घटेर रु २० लाख १८ हजारमा झरेको छ ।

यसैगरी भिण्डी, राजमा, गोलभेँडा र प्याजको आयातबाट सङ्कलित राजस्व भने बढेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसले सबै कृषि उपजको आयातमा समान प्रवृत्ति नरहेको स्पष्ट पारेको छ ।

तरकारी तथा कृषि उपजको आयातबाट सङ्कलित राजस्व घट्नुमा स्वदेशी उत्पादनमा भएको वृद्धि पनि एउटा कारण हुनसक्ने देखिन्छ । स्थानीय उत्पादन बढ्दै गएमा त्यसले किसानको आम्दानी वृद्धि गर्नुका साथै भारतीय कृषि उपजमाथिको निर्भरता घटाउन र सीमावर्ती व्यापारको स्वरूपमा परिवर्तन ल्याउन सक्नेछ ।

स्थान

कोशी प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि