सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

राजनीति

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूत पुइगिन्जाबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूत पुइगिन्जाबीच भेटवार्ता

काठमाडौँ, ११ कात्तिकः नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज सम्पन्न उक्त भेटका क्रममा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नयाँ जिम्मेवारीको निम्ति बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको मन्त्रालयमार्फत जानकारी गराइएको छ ।

सो अवसरमा नेपाल र फ्रान्सबीचको द्विपक्षीय हितका विविध आयामबारे विचारविमर्श भएको थियो । त्यसक्रममा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान र बहुपक्षीय सहकार्यजस्ता क्षेत्रहरूमा दुई देशबीचको साझेदारीलाई अझ सुदृढ गर्ने विषयमा समेत संवाद भएको थियो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि