सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका पु¥याउन माग गर्दै बङ्गलादेशका गार्मेन्ट कामदारले थालेको आन्दोलन तेस्रो दिनमा प्रवेश गरेको छ । सुरक्षा जोखिमका कारण गाजीपुरका धेरै कारखाना बन्द भएका छन् ।

ढाकानजिकै कोनाबारी र चन्द्र क्षेत्रमा प्रदर्शन जारी छ । सरकारले तलब निर्धारण गर्न बोर्ड गठन गरे पनि कामदारको आन्दोलन रोकिएको छैन । कारखाना सञ्चालकले बजारको माग घटेको र कच्चा पदार्थ आयात महँगिएको भन्दै माग पूरा गर्न कठिन रहेको बताएका छन् ।

सरकारले आन्दोलनलाई राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयाससँग जोडेको छ । गृहमन्त्री सलाहुद्दीन अहमदले सीमापारबाट आन्दोलन उक्साइएको आरोप लगाउनुभएको छ । बङ्गलादेशको गार्मेन्ट उद्योगले कुल निर्यात आम्दानीको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ भने करिब ४० लाखलाई प्रत्यक्ष रोजगारी दिएको छ । तीमध्ये ६० देखि ७० प्रतिशत महिला छन् ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि