बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरल शुक्रबार बिहान राजा फिलिपसँग भेट गर्नु हुनेभएको छ।
यस भेटबाट उहाँ पदमा रहन सक्ने वा नरहने निर्णय लिन सक्ने अपेक्षा विश्लेषकहरूले गरेका छन् ।
उहाँले राजासँगको परामर्शमा सार्वजनिक घाटा घटाउने प्रयासलाई फेरि अगाडि बढाउन सकिन्छ कि सकिँदैन भन्ने कुराबारे पनि जानकारी गराउने र आफ्नो आगामी कदमबारे निर्णय दिने अपेक्षा गरिएको छ।
फ्लेमिश रूढिवादी प्रधानमन्त्री बार्ट डे वेभरले गठबन्धन साझेदारहरूसँग सन् २०२७ को बजेटमा सहमति जुटाउन असफल भएपछि सोमबार राजीनामाको घोषणा गर्नुभएको थियो ।
राजा फिलिपले राजीनामा स्वीकार गर्न अस्वीकार गरी मध्य–दक्षिणपन्थी सत्तारूढ गठबन्धनका दलहरूसँग सम्झौता खोज्दै एक हप्ता परामर्श गर्नुभएको थियो ।
बेल्जियमका मिडियाका अनुसार, राज महलमा बिहान १०ः३० बजे पुगेका डे वेभर पदमा रहेर आउँदा हप्ताहरूमा गतिरोध तोड्ने प्रयास जारी राख्ने सम्भावना बढी छ।
डे वेभरले बिहीबार संसदमा भन्नुभयो, “सन् २०२७ साल अघिल्लो आर्थिक वर्षमा आधारित अस्थायी बजेटबाट सुरु हुनेछ। उहाँले २०२७ को पूर्ण बजेट पारित गर्न नसक्नुलाई सरकारको लागि ‘गम्भीर झट्का’ बताउनुभएको छ।
डे वेभरले बेल्जियमको घाटा नियन्त्रण गर्न सकियोस भनी सन् २०२९ सम्ममा १० अर्ब युरो (११.६ अर्ब डलर) बजेट बचत खोजिरहनुभएको छ ।
हाल राज्यको घाटा जीडीपीको पाँच प्रतिशतभन्दा बढी छ । प्रस्तावित उपायहरूमा विशेषगरी स्वास्थ्य सेवामा खर्च कटौती र भ्याट बढाउने योजना छ, जसको विरोध गठबन्धन सदस्य फ्रान्कोफोन उदारवादी रिफर्मिस्ट मुभमेन्ट (एमआर) ले गरेको छ।
मजदूर संघहरूले मितव्ययिताका उपायहरूको विरोध गर्दा गठबन्धनभित्रको विभाजन झन् गहिरो भएको छ।









प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।