सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

बेल्जियममा अवैध आप्रवासीको घरमा छापा मार्न अनुमति

बेल्जियममा अवैध आप्रवासीको घरमा छापा मार्न अनुमति

बेल्जियमले प्रहरीलाई निश्चित अवस्थामा अवैध आप्रवासीहरूलाई उनीहरूको घरभित्रै पक्राउ गर्न अनुमति दिनेगरी शुक्रबार एक कानून पारित गरेको छ ।

वामपन्थी दल र मानव अधिकार समूहहरूले यसको तीव्र आलोचना गरेका छन् ।

यो योजना धेरै वर्षदेखि बेल्जियममा चर्को बहसको विषय बनेको थियो ।

नयाँ कानूनअनुसार प्रहरीले अध्यागमन कार्यालयका कर्मचारीसहित बेल्जियममा रहन प्रतिबन्ध लगाइएका त्यस्ता व्यक्तिको घरमा प्रवेश गर्न वा जुन ठाउँमा उनी बसिरहेका छन् त्यहाँ खानतलासी गर्न सक्नेछन् ।

यस कानुनले ‘निस्काशन आदेशको अधीनमा रहेका’ वा ‘सार्वजनिक व्यवस्था र राष्ट्रिय सुरक्षामा खतरा पु¥याउन सक्ने’ व्यक्तिहरूलाई लक्षित गरेको हो ।

घरमा प्रवेश गर्नुअघि अनुसन्धान न्यायाधीशबाट आदेश लिनुपर्नेछ ।

बेल्जियमका प्रवास मन्त्री एनेलीन भान बोसुइटले यस कानूनलाई ‘ऐतिहासिक’ बताउनुभएको छ ।

“यदि कुनै व्यक्ति हाम्रो समाजका लागि खतरा हो भने हाम्रा सेवाहरूले हस्तक्षेप गर्न सक्नुपर्छ”, उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “‘अवैध आप्रवासीविरुद्धको चुडेल शिकार’ भएको आरोपलाई अस्वीकार गरिएको छ ।”

मानव अधिकारवादी संस्थाहरूले यस कानूनको तीव्र विरोध गरेका छन् । यसले नागरिक स्वतन्त्रता र बेल्जियमको संविधान उल्लङ्घन गर्ने उनीहरूको भनाइ छ ।

“यो कानूनले अवैध रहनुलाई अपराधसँग गलत रूपमा जोडेको छ,” एमनेस्टी इन्टरनेशनल बेल्जियमले भनेको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि