सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

राजनीति

ब्रह्मपुरी गाउँपालिकाको नेतृत्वमा श्यामकला यादव, सम्हालिन् कार्यवाहक अध्यक्षको जिम्मेवारी

ब्रह्मपुरी गाउँपालिकाको नेतृत्वमा श्यामकला यादव, सम्हालिन् कार्यवाहक अध्यक्षको जिम्मेवारी

सर्लाही, १६ कात्तिक । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष श्यामकला यादवले सम्हाल्नुभएको छ । गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधनपछि यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

८५ वर्षीय अध्यक्ष साहको गत कात्तिक ४ गते निधन भएपछि सोमबार आयोजित एक कार्यक्रमबीच यादवले कार्यवाहक अध्यक्षको पदभार ग्रहण गर्नुभएको हो ।

ज्येष्ठताका आधारमा वडा नम्बर २ का अध्यक्ष शंकर साहको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशसभा सदस्य जंगीलाल राय प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न आमन्त्रित व्यक्तिहरूको सहभागिता रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास कुशवाहाले उपाध्यक्ष यादवलाई कार्यवाहक अध्यक्षको पदभार ग्रहण गराउनुभएको थियो ।

२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित रामपदारथ साह र उपाध्यक्षमा निर्वाचित श्यामकला यादवले गाउँपालिकाको नेतृत्व गर्दै आउनुभएको थियो । अध्यक्ष साहको निधनपछि अब यादवले कार्यवाहक अध्यक्षका रूपमा गाउँपालिकाको नेतृत्व सम्हाल्नुहुनेछ ।

स्थान

सर्लाही, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि