सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

भारतमा आइतबार रातभरि भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको र थुप्रै घाइते भएको स्थानीय प्रहरीले सोमबार पुष्टि गरेको छ ।

दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो ।

यी घटनाहरू आइतबार मनाइएको वार्षिक चाड ‘दिवाली’ को रातमा भएका हुन्। प्रहरीका अनुसार आगलागीबाट सिओनी जिल्लामा एक परिवारका छ जना सदस्यहरूको मृत्यु भएका र चार जना घाइते भएका छन् । उनीहरूको तीनतले घरभित्र ठूलो आगोलागी भएपछि उनीहरूको हताहत भएको हो ।

घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

त्यसैगरी, कटनी जिल्लाको बहुतले भवनभित्र रहेको भाँडाकुँडा पसलमा आगलागी हुँदा एउटै परिवारका छ जनाको मृत्यु भएको छ ।

आगोलागीको कारण अज्ञात रहेको स्थानीय प्रहरीले बताउनुभएको छ ।

तेस्रो घटनामा परिवारका छ जना सदस्यहरू निदाएको अवस्थामा घरभित्र आगो फैलिएपछि निस्केको धुवाँले गर्दा अक्सिजनको कमी भई श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको हो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि