तिहार नजिकिएसँगै काठमाडौंको असन बजारमा किनमेल गर्नेहरूको भिड बढेको छ । तिहारका लागि आवश्यक सामग्री खरिद गर्न उपभोक्ताको चहलपहल बढेपछि असन बजारमा भिडभाड देखिन थालेको हो ।
बजारमा भाइमसलादेखि फूलमाला, दियो, पाला तथा अन्य पूजासामग्री खरिद गर्नेहरूको भिड लागेको छ । त्यस्तै, तिहारका लागि नयाँ कपडालगायत सामग्री किन्ने ग्राहकको उपस्थिति पनि बाक्लिएको छ ।
तिहारमा दाजुभाइलाई भाइमसला दिने, घर सजाउने तथा लक्ष्मीपूजाका लागि आवश्यक सामग्री किन्ने परम्पराका कारण असन बजारमा किनमेलको चहलपहल बढेको हो ।
तस्वीर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।