काठमाडौँ, २७ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार न्यायपरिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा आज नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयका अनुसार डा रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको हो ।
डा बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो भने न्यायाधीश सारु उच्च अदालत पाटन, न्यायाधीश पाण्डे उच्च अदालत पाटन (हेटौँडा इजलास) र डाँगी उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीश हुनुहुन्थ्यो ।








प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।