सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–२ बेल्बाजब्दी, जयपुरस्थित श्री जनता आधारभूत विद्यालयले बालविकास शिक्षिका नियुक्तिसम्बन्धी विषयमा विभिन्न अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक गर्भु महतोले एक ध्यानाकर्षण तथा खण्डनपत्र जारी गर्दै विद्यालयमा रिक्त रहेको बालविकास शिक्षिकाको पदमा नियुक्तिका लागि हालसम्म कुनै पनि सूचना प्रकाशन वा सार्वजनिक नगरिएको स्पष्ट पारेका छन् ।
उनले कुनै आधिकारिक सूचना तथा तथ्य सार्वजनिक नभएको अवस्थामा अनुमानका भरमा समाचार सम्प्रेषण गर्नु उचित नभएको उल्लेख गरेका छन् ।
प्रधानाध्यापक महतोले सम्बन्धित सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाचार प्रकाशन गर्नुअघि त्यसको तथ्य र यथार्थता पुष्टि गर्न आग्रह गरेका छन् । आधिकारिक आधारबिना भ्रामक वा अनुमानमा आधारित सामग्री प्रकाशन तथा सम्प्रेषण नगर्नसमेत उनले अनुरोध गरेका छन् ।
विद्यालयले जारी गरेको ध्यानाकर्षण तथा खण्डनपत्रमार्फत बालविकास शिक्षिका नियुक्तिसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारप्रति आफ्नो धारणा स्पष्ट पारेको हो ।
प्रधानाध्यापक महतोले सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै विद्यालयको आधिकारिक धारणा बुझेर मात्र समाचार प्रकाशन गर्न अनुरोध गरेका छन् ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।