नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरिफायर (पानी शुद्धीकरण उपकरण) उपभोक्तामाझ लोकप्रिय बन्न थालेको छ । कम्पनीका अनुसार उपकरणले बजारमा उत्साहजनक बिक्रीसमेत हासिल गरेको छ ।
उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र विशेष मर्मतसम्भार सुविधासहित बजारमा आएको एलजी वाटर प्युरिफायरले उपभोक्ताको ध्यान आकर्षित गरेको कम्पनीको भनाइ छ ।
यस उपकरणमा सेडिमेन्ट फिल्ट्रेसन, एन्टी-स्केलेन्ट ट्रिटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (आरओ) तथा मिनरल बुस्टर र पोस्ट-कार्बन फिल्ट्रेसनसहितको बहुचरणीय पानी शुद्धीकरण प्रणाली रहेको छ । यसले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।
८ लिटर क्षमताको ट्याङ्की रहेको यस उपकरणले परिवारको दैनिक आवश्यकताका लागि शुद्ध पानी भण्डारण गर्न सक्नेछ । त्यस्तै, एयरटाइट ट्याङ्की कभर र लकिङ प्रणालीले बाहिरी धुलो तथा अन्य दूषित पदार्थ ट्याङ्कीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्ने कम्पनीको दाबी छ ।
एलजी वाटर प्युरिफायरमा ‘टु फ्रि मेन्टिनेन्स’ सुविधा पनि उपलब्ध छ । यसअन्तर्गत पहिलो वर्षमा दुई पटक निःशुल्क नियमित सेवा, दुई पटक कन्ट्याक्टलेस मर्मतसम्भारसहित डिजिटल स्टेरिलाइजेसन केयर र दुई पटक बाहिरी सेडिमेन्ट फिल्टर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
खरिदपछिको सेवामा दिइएको यो सुविधाले ग्राहकलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसका अतिरिक्त दसैँ, तिहार तथा छठलाई लक्षित गरी कम्पनीले आकर्षक चाडपर्व अफर र शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध गराएको छ ।
उन्नत प्रविधि, पानी भण्डारण क्षमता र मर्मतसम्भार सुविधासँगै चाडपर्व अफरले पनि उपकरणप्रति ग्राहकको आकर्षण बढाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
सीजी इलेक्ट्रोनिक्सबारे
सीजी इलेक्ट्रोनिक्स, सीजी कर्प ग्लोबलअन्तर्गतको उपभोक्ता विद्युतीय उपकरणसम्बन्धी कम्पनी हो । यो नेपालमा एलजी उत्पादनको आधिकारिक राष्ट्रिय वितरक हो । एलजी इलेक्ट्रोनिक्स सिंगापुरसँग चार दशकभन्दा लामो साझेदारी रहेको कम्पनीले जनाएको छ ।
एलजी इलेक्ट्रोनिक्सबारे
एलजी इलेक्ट्रोनिक्स विश्वव्यापी प्रविधि तथा उपभोक्ता विद्युतीय उपकरणको क्षेत्रमा कार्यरत कम्पनी हो । यसले घरेलु उपकरण, मनोरञ्जनसम्बन्धी उपकरण तथा एयर सोलुसन्स क्षेत्रमा नवीन प्रविधि, ऊर्जा दक्षता र मानवकेन्द्रित डिजाइनमा आधारित उत्पादन तथा समाधान उपलब्ध गराउँदै आएको छ ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।