सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

एसिया कप क्रिकेटः नेपालले टस जित्यो

एसिया कप क्रिकेटः नेपालले टस जित्यो

काठमाडौँ, २४ कात्तिकः ओमानमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान विरुद्धको खेलमा नेपाललले ‘टस’ जितेको छ ।

ओमानको ए आई अमेरत क्रिकेट मैदानमा भएको टसमा नेपालले आफ्नो समूह चरणको अन्तिम पाकिस्तान विरुद्धको खेलमा टस जितेर पहिला ‘फिल्डिङ’ रोजेको हो । त्यसअनुरुप अब पाकिस्तानले पहिला ‘ब्याटिङ’ गर्नेछ ।

नेपाल एसिया कपबाट यसअघि नै बाहिरिसकेको छ । लगातार दुई खेलमा हार बेहोरेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल भारतसँग १० विकेट र संयुक्त अरब इमिरेटस (युएई) सँग सात विकेटले पराजित भएको थियो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि